सर्लाही, ०६ फागुन — मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायको अग्रसरता र पहलमा सिरहाको गोलबजारमा ट्रमा सेन्टर निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले ट्रमा सेन्टर निर्माणका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियाअन्तर्गत इलेक्ट्रोनिक बोलपत्र (ई–बिड) आह्वान गरेको जनाएको छ। मन्त्रालयले सिंगल स्टेज–टु इन्भेलोप प्रणालीमार्फत ठेक्का प्रक्रिया सुरु गरेको हो।
मन्त्री रायका अनुसार पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) तथा जिल्लाको दक्षिणी भेग हुँदै जाने हुलाकी राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम उच्च रहेकाले दुर्घटनामा परेका तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई सहज र समयमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ट्रमा सेन्टर निर्माण गर्न लागिएको हो।
“दुर्घटनामा परेर चोटपटक लाग्दा वा शरीरका अङ्ग भाँचिँदा समयमा उपचार नपाउने समस्या छ। ट्रमा सेन्टर सञ्चालनमा आएपछि इमर्जेन्सी सेवा, शल्यक्रिया कक्ष तथा भर्ना वार्डसहितको पूर्ण सुविधा उपलब्ध हुनेछ,” मन्त्री रायले जानकारी दिनुभयो।

मन्त्रालयका अनुसार ट्रमा सेन्टर गोलबजार नगरपालिका–४, सिरहामा निर्माण गरिनेछ। ठेक्काका लागि न्यूनतम तीन वर्षको औसत वार्षिक निर्माण कारोबार १९ करोड ९ लाख रुपैयाँ हुनुपर्नेछ। साथै पछिल्लो १० वर्षभित्र कम्तीमा एक ट्रमा सेन्टर वा अस्पताल भवन निर्माण गरेको अनुभव आवश्यक रहनेछ, जसको ठेक्का मूल्य कम्तीमा १५ करोड २७ लाख रुपैयाँ बराबर हुनुपर्ने उल्लेख गरिएको छ।
बोलपत्र कागजातको शुल्क २० हजार रुपैयाँ तोकिएको छ भने बिड सेक्युरिटी रकम ६४ लाख रुपैयाँ राखिएको छ। बिड सेक्युरिटीको मान्य अवधि बोलपत्र खोलिएको मितिबाट १५० दिनको हुनेछ।
इच्छुक निर्माण व्यवसायीले ई–जीपी प्रणालीमार्फत बोलपत्र कागजात डाउनलोड गरी आवेदन दिन सक्नेछन्। बोलपत्र पेश गर्ने अन्तिम मिति २०७२ चैत ४ गते दिउँसो १२ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो २ बजे मन्त्रालयको कार्यालय, जनकपुरधाममा बोलपत्र खोलिने जनाइएको छ।

Pingback: who invented orlistat
https://shorturl.fm/TYPjq
Pingback: mesalamine er capsule
https://shorturl.fm/tpBoX
Pingback: finpecia 1mg side effects in hindi
Pingback: propecia natural alternative
Pingback: tadalafil viagra
https://shorturl.fm/AGB15
Pingback: metronidazole vs nitazoxanide
Pingback: bupropion xl dosage guide