बलरा (सर्लाही), ०२ फागुन – संविधान सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
सर्लाही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिका–९ अचलगढमा आयोजित कार्यक्रममा चौधरीले जसपा नेपाल परित्याग गर्दै कांग्रेसको सदस्यता ग्रहण गरेका हुन्।
चौधरीसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का महासचिव तथा हाल जसपा नेपालका केन्द्रीय नेता मनिषकुमार मिश्र पनि कांग्रेसमा प्रवेश गरेका छन्।
उनीहरूलाई नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन कुमार थापाले पार्टीमा स्वागत गरेका थिए। स्वागत गर्दै थापाले लोकतन्त्र सुदृढीकरण र समृद्धिका लागि कांग्रेसको अभियानमा सबैलाई एकताबद्ध हुन आह्वान गरे।
त्यसै कार्यक्रममा जसपा नेतृ वीणा सिन्हा, लाेसपाबाट विष्णु गाउँपालिका अध्यक्षका प्रत्यासी अरविन्द कुमार सिंह, लाेसपा क्षेत्र नं. ४ का उपाध्यक्ष वीरेन्द्र प्रसाद यादव, क्षेत्र नं. ४ ‘ख’ का अध्यक्ष नवल कुमार सिंह तथा बहुजन समाजवादी पार्टीबाट गोडैता नगरपालिका अध्यक्षका प्रत्यासी श्याम गुप्ता लगायत सयौँ नेता तथा कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसका अनुसार उक्त प्रवेशले सर्लाही क्षेत्र नं. ४ को चुनावी समीकरणमा थप ऊर्जा र बल पुर्याउने विश्वास गरिएको छ।

Pingback: semaglutid håndkøb
Pingback: liraglutide discount card